ग्लोबल आइएमई बैंकको २ शाखा रहित बैंकिङ सेवा

काठमाडौ । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिग सेवा संख्या २ सय ४१ पुगेको छ । बैंकले बर्दियाको राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्त रुपमा गरेका हुन । उक्त शाखारहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल टे्डर्सलाई नियुक्त गरिएको छ ।

त्यसैगरी बाग्लुङ काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा खोलिएको शाखा रहित बैंकिग सेवाको उद्घाटन बाग्लुग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरेका हुन । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानियप्रतिनिधि मार्फत बैंकिग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ति स्थानमा शाखारहित बैंकिग सेवा शुरु गरेको पनि जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल सहित २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया