नेकपामा दुवै पक्षकाे छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुवै पक्षले भोलि मंगलबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे प्रचण्ड–नेपाल समूहले बबरमहलको कार्की ब्याङ्केटमा बैठक बोलाएका छन् भने केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा ।

ओली समूहले बिहान ९ बजे बैठक बोलाएका छन् । नेकपा कार्यालयमा दुई सचिवले छुट्टाछुट्टै बैठकका लागि एसएमएस पठाएका छन् । प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको छ, भने ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई कारवाहीको तयारी गरेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया