न्युजिल्यान्डको सानदार जित

इस्लामावाद । पाकिस्तानविरुद्ध दोस्रो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डले सानदार जित निकालेको छ । आइतबार दोस्रो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.२ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर तथा विकेटकिपर टिम सिफर्ट ६३ बलमा ८ चौका र ३ छक्का सहित ८४ रनमा अविजित रहे । कप्तान केन विलियम्सन ४२ बलमा ८ चौका र १ छक्का सहित ५७ रनमा अविजित रहे । न्युजिल्यान्डलाई सहज जित दिलाउन दोस्रो विकेटका लागि कप्तान केन विलियम्सन र टिम सिफर्टले १ सय २९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । ओपनर मार्टिन पुप्टिल ११ बलमा २ छक्का र १ चौका सहित २१ रनमा क्याच आउट भए । पाकिस्तानका फहिम अशराफले एक विकेट लिए ।

त्यसअघि हामिल्टनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले ५७ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । हफिजले एकतर्फबाट रन जोड्दा अर्को एण्डबाट भने नियमित विकेट गुमेको कारण पाकिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन । दोस्रो ओभरको चौथो बलमा टिम साउथीले ओपनर हैदर अलीलाई कप्तान केन विलियम्सनबाट ८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।

अन्तिम बलमा अब्दुल्लाह शफिक शून्यमा साउदीबाटै क्याच आउट हुन पुगे । छैटौं ओभरको चौथो बलमा साउथीले ओपनर विकेटकिपर मोहम्मद रिजवानलाई टिम सिफर्टबाट २२ रनमा क्याच आउट गराए । सिफर्टले २० बलमा ४ चौका प्रहार गरे । कप्तान सादव खान ४, खुशदील शाह १४ र फहिम अशराफ ४ रनमा आउट हुन पुगे । इमाद वासिम १० रनमा अविजित रहे । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । जेम्स निसम र ईस सोधीले समान १ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

प्रतिक्रिया