पतिले दिएको पीडा गीतमार्फत पोख्दै उजेली

मुगु । नेपाल पुरुष प्रधान देश हो । यहाँ पुरुषले जे गरे पनि हुने महिलाले केही गल्ती गरे वा केही बिगारे नानाथरी लाञ्छना खेप्नुपर्ने बाध्यता अहिले पनि ताजै छ । यो नौलो कुरो भने पक्कै होइन । यस्ता क्रियाकलापहरू दिनप्रतिदिन हुने क्रम जारी नै छन् । त्यस्तै उदारण बनेकी छन् छायानाथ रारा नगरपालिका–६ मुन्दुकी चन्द्र उजेली बोहोरा । २६ वर्ष पुगेकी बोहोराले असल बोहोरासँग १० वर्ष पहिले मायापिरतीमा भागी विवाह गरिन् । तर, त्यो माया पिरती १० वर्ष नपुग्दै टुटेको छ । पति असल बोहोराले अर्को विवाह गरेपछी चन्द्र उजेली अहिले बेसाहारा भएकी छन् । पतिले अर्को विवाह गरेपछि आफूलाई वास्ता नगर्ने र पैसा पनि नपठाउने गरेको चन्द्र उजेलीले दुःखेसो पोखिन् ।

बरु पतिले अर्को विवाह गरेपछि आपूmलाई अनेकौँ पीडा भएको र छोराहरूको चिन्ताले सताउने गरेको छ । त्यही पीडा मेटाउनका लागि गीतसंगीतलाई रोजी देउडा गीतमार्फत आफ्ना पीडा व्यक्त गरेको चन्द्र उजेलीले बताइन् । चन्द्र उजेलीले ‘जिउँदै म¥याजना’ बोलको देउडा गीत निकालेकी छन् । यो गीत अहिले बजारमा पनि आएको छ । यो गीतमा छायानाथ रारा नगरपालिका–११ का जयसिंह कुमाईले पनि स्वर र लयमा साथ दिएका छन् । यो गीतमा उनका पतिले दिइएका पीडा समेटिएको छ । १६ वर्षको उमेरमा भागीविवाह गरेकी बोहोराका पति धन कमाउन भन्दै खाडीमुलुक कतारतिर गए । पहिले सम्बन्ध राम्रै थियो । पछि अर्को केटीसँग विवाह गरेपछि सम्बन्ध बिग्रिएको चन्द्र उजेली बताउँछिन् ।

‘बढ्दो बेरोजगारीसँगै बुढाले पैसा कमाउन विदेशतिर जान्छु भनेपछि नजाउ घरमै कुटो कोदालो गराँैला भनेँ तर मान्नु भएन । त्यसपछि सहमति जनाई बुढाको विदेश जाने कुरामा राजी भएँ । सोचे बुढा विदेश गएपछि पैसा कमाई ल्याउँछन् भविष्यमा राम्रो होला राम्रोसँग बसौँला, खाउँला सोचेको थिएँ । तर, सोचेको जस्तो नहुँदो रहेछ’, चन्द्र उजेलीले भनिन्, ‘बुढालाई पैसाको लोभमा विदेश नपठाएको भए आज यस्तो दिन देख्नुपर्ने थिएन । बुढाको निर्णयलाई स्वीकार गरी विदेश जान सहमति जनाएँ राम्रोका लागि, तर आज आएर नराम्रो भयो ।’

सिन्दुरको अर्काको भइगो, खरानी हाल्या छु ।
बरायको झाल र्फेनलाई, जोली बाघ पाल्या छु ।।
कासो मानिमानगन्या छु, भुजपातथालकल ।
त्यो पापी श्रीमान् भइगो, म¥याजना ।।

माथिका हरफ उनले आफ्ना पतिले दिएको दुःखलाई गीतबाट हानेको झटारो हो । यस्तै समसामयिक विषयवस्तु समेटेर आपूmले पाएको दुःख बुढाले दिएको पीडा र गीतको माध्यमबाट भए पनि बुढालाई झटारो हान्नका लागि देउडा गीतमार्फत दुःख व्यक्त गरेको उजेलीले बताइन् । साथमा दुई वटा छोरा छन् । एक छोरा १० वर्षको छ भने अर्काे छोरा सात वर्षको छ । अब पतिको भन्दा पनि बढी माया र चिन्ता छोराहरूको लाग्ने गरेको छ । यी दुई छोरालाई कसरी पालनपोषण गर्ने कसरी शिक्षादीक्षा दिलाउने ठूलो चुनौती रहेको भन्दै उजेलीले दुःख व्यक्त गरिन् ।

दाजुभाइको सहयोगमा दुःख बिर्साउन देउडा गीतमार्फत आफ्ना दुःख व्यक्त गरे पनि भोलिका दिनमा छोराहरूलाई कसरी पढाइलेखाइ गराउने चिन्ताले रातदिन पिरोल्ने गरेको छ । कृषि पेसा गर्दै आएको छु, जग्गा नहुँदा कृषि पेसा पनि व्यवसायी छैन । त्यसैले आफ्नो भविष्य अन्धकार भएको भए पनि छोराहरूको भविष्य अन्धकार नहोस् भन्ने लाग्छ । त्यसका लागि के गर्ने अलमलमा परेको उजेली बताउँछिन् ।

सानै उमेरदेखि गाउँघरमा देउडा गीत गाउने गरेको भए पनि बजारमा यसरी गीत गाएर ल्याउँछु जस्तो लागेको थिएन । सानै उमेरदेखिको कला र भाइहरूको सहयोगले आपूmलाई दुःख परेपछि दुःख बिर्साउने भरिया देउडा गीतलाई बनाई मनको भावना समेटी गीत गाएको उजेलीले बताइन् । उनी भन्छिन्, ‘कसैले साथ सहयोग गरे यस्ता अरू पनि गीत बजारमा ल्याउनेछु । नत्र भने आर्थिक अवस्था कमजोर छ यो गीत जेनतेन दुःख बिर्साउने भरियाको लागि बजारमा ल्याएको र अरू गीत ल्याउन सक्ने अवस्था नरहेको उजेलीले बताइन् ।

प्रतिक्रिया