बारा सेमिफाइनलमा

काठमाडौं । स्पिनर कुमार थापाको घातक बलिङसँगै बारा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको सेमिफाइनलमा पुगेको छ । बाराले शुक्रबार रौतहटलाई १ सय ४५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कलैयामा टस जितेर पहिला ब्याटिङ थालेको बाराले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बाराका निखिल सिंहले १ सय ११ बलमा ६ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिए । समिर नेपाल ४४, तृतराज दास ३१ र रवि शाह २१ रनमा आउट भए । रौतहटका सञ्जय शाहले सर्वाधिक २ विकेट लिए ।

जितका लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको रौतहट २९.२ ओभरमा १ सय रनमा अल आउट भएको थियो । रौतहटका सञ्जय शाहले ३४ र सन्नी शाहले २४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । बाराका स्पिनर कुमार थापाले ८.२ ओभरमा २ मेडन राख्दै ३५ रन खर्चेर ६ विकेट लिए । कुमार प्लेयर अफ द म्याच चुनिए । नविन आलम र आदिल अन्सारीले २–२ विकेट लिए । योसँगै समूह ए बाट धनुषा र सप्तरी सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट पर्सा र बाराले सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतिक्रिया