पेरिसडाँडामा प्रचण्ड र नेपाल समूहको भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएको बेला गुट भेलाहरुले तिब्रता लिएको छ । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरुलाई छलफलका लागि बोलाइएको छ । दिउँसो १ बजेपछि बस्ने सो भेलामा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेताहरु सहभागी हुने बताइएको छ ।

सो भेलामा ओली निकट नेताहरुलाई बोलाइएको छैन । पेरिसडाँडा स्रोतका अनुसार पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि नेताहरुसँग छलफल गर्न लागिएको हो । सो भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगाका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकारलाई एकलौटी ढंगबाट सञ्चालन गर्न थालेको आरोप प्रचण्ड पक्षको रहेको छ ।

प्रतिक्रिया