नेपाल एसबीआई बैकका कार्डवाहकलाई छुट

काठमाडौं । नेपाल एसबीआई बैंक र डा. लाल प्याथ ल्याब नेपाल प्रालिबीच नेपाल एसबीआई बैंकका भिसा डेबिट कार्डवाहकलाई लक्षित गरी डा. लाल प्याथ ल्याब नेपाल प्रालिमा कार्ड प्रयोगबापत प्याथोलोजी सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथ ल्याब नेपाल प्रालिका क्षेत्रीय बिक्री प्रबन्धक प्रविणकुमार सिंहबीच भएको हो ।

प्रतिक्रिया