सीबीआईएल क्यापिटलको साधारण सभा

काठमाडौं । सीबीआईएल क्यापिटलका अध्यक्ष पारसकुमार काफ्लेको अध्यक्षतामा चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण पारित गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साबिकका लेखा परीक्षक सुबोध एसोसिएटसलाई लेखा परीक्षक नियुक्त गरेको छ । साथै, आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट आफ्ना सेयरधनीलाई सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता सेयर रजिस्ट्रार तथा लगानी व्यवस्थापनको काम गर्ने साथै डि–म्याट खाता खोल्ने, सेयर अभौतिकीकरण गर्ने, सामूहिक लगानी कोषको प्रर्वद्धन गर्नेजस्ता लगानी कर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति सीबीआईएल क्यापिटलले प्राप्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया