जावलाखेलमा सिद्धार्थ बैंकको आउटलेट

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले ललितपुरस्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ सो सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटबाट बंैैकिङ सेवा तथा सुविधा निरन्तर प्रदान गरिरहेको छ ।

सजिलो बैंकिङ सेवा ९ शाखारहित बैंकिङ, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४ सय ५० बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिनेगरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया