नेकपा सचिवालय बैठक बस्दै आज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्न लागेको हो। बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो।

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया