आइपिएलमा दुई नयाँ टोलीको सम्भावना

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दुई नयाँ टोली थपिने सम्भावना छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यस विषयमा छलफलमा गरिरहेको छ । बिसिसिआईको आगमी वार्षिक साधारण सभामा दुई टोली थप्ने वा नथप्ने निर्णय गर्ने छ । बिसिसिआईको आगमी साधरण सभा डिसेम्बर २४ मा मुम्बईमा हुने कार्यक्रम छ । आइपिएल सन् २००८ देखि आठ टोलीबीच सुरु भएको थियो ।

सन् २०२० मा अघिल्लो महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको थियो । मुम्बईको आइपिएल पाँचौ उपाधि थियो । बिसिसिआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आइपिएल फाइनलमा दुई नयाँ टोली थप्ने अनौपचारिक छलफल गरेको बुझिएको छ । औपचारिक छलफल आइपिएल गर्भनिंग काउन्सिल बैठकमा गर्नुपर्ने भएपनि हालसम्म नभएको बुझिएको छ । बिसिसिआई साधारण सभाले स्विकृती दिएमा दुई नयाँ टोली थपिने छन् ।

आइपिएलमा १० टोलीबीच एकै संस्करणमा प्रतिस्पर्धा भने भइसकेको छ । सन् २०११ मा पहिलो पटक १० टोलीले प्रतिस्पर्धा भएको थियो । उक्त सिजनमा पुणे वारियर्स र कोची टस्कर्स थपिएका थिए । सन् २०१३ मा आइपिएलमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । नौ र १० टोलीलाई होम अवेको आधारमा खेलाउँदा प्रतियोगिता धेरै लामो हुने हुँदा सन् २०१४ देखि आठ टोलीबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

प्रतिक्रिया