सोसाइटीको अध्यक्षमा नवराज

काठमाडौं । नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ । सोसाइटीको विधान अनुसार केन्द्रीय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएसँगै कोलोराडो डेनभर अमेरिका निवासी नायक, निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एभरेस्ट सुर्य बोहोरा न्युयोर्क, प्रथम उपाध्यक्षमा विक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की भर्जिनिया, सचिव हरि उप्रेती ओहायो, सहसचिव राजकुमार काफ्ले कोलोराडो, कोषाध्यक्ष डिपी शर्मा कोलोराडो, महिला संयोजक डा. रानी शाक्य मेरिल्याण्ड, सदस्यहरु कृष्ण सुनार मोन्टाना, रायन रेज टेक्सास, शंकरराज वाग्ले क्यालिफोर्निया, नरमान राई नर्थ डकोटा र किकी शर्मा युटाह रहेका छन् ।

त्यस्तै, सल्लाहकारमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजनकुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन् । अमेरिका शाखा गठन भएसँगै आगामी दिनमा नेपाल फिल्म सोसाइटीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको श्रीबृद्धिमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष नवराज श्रेष्ठले बताए ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीलाई एकताबद्ध गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उद्देश्यले अमेरिका शाखा गठन गरिएको सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताएका छन् । उनले निकट भविष्यमा अन्य मुलुकमा समेत सोसाइटीका शाखा खोलिने कुराको जानकारी दिए ।

प्रतिक्रिया