सीजी ब्रान्डको जाडोका सामग्री बजारमा

काठमाडौं । सीजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोका घरायसी सामग्री बजारमा ल्याएको छ । सीजीले उपभोक्तामा न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामान पानी तातो बनाउन केटली, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको हो ।

त्यसैगरी, जुनसुकै स्थानमा जतिबेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ । न्यानो बनाई राख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्याँस हिटर उपलब्ध गराएको छ । यसलगायत सीजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुन इलेक्ट्रिक र ग्याँस गिजरसमेत ल्याएको छ । सीजीले प्रस्तुत गरेका घरायसी सामग्री गुणस्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् ।

प्रतिक्रिया