मेटलाइफको अनलाइन सेवा

काठमाडौं । मेटलाइफ नेपालले ग्राहकको प्रिमियम भुक्तानीमा सहजता ल्याउन अनलाइन सेवा विस्तार गरेको छ । नेपाल क्लीयरिंग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत प्रिमियम भुक्तान गर्न सक्नेछन ।

कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यम ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ । ग्राहकले ‘प्रीमियम भुक्तानी’ सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफनो प्रिमियम भुक्तानी गर्न सक्नेछन ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठका अनुसार ग्राहकले डिजिटल सेवाको विकल्प खोजिरहेकाले कनेक्ट आइपीएससंग साझेदारी गरी प्रिमियम अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलाइएको हो ।

२००१ देखि मेटलाइफ, अमेरिकामा संचालित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा सञ्चालित छ । मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सुविधा प्रदान गर्ने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया