विष्णुमाया र गणेशको ‘सल्ला धुपैले’ करोड क्लवमा

काठमाडौं । पछिल्लो समय नेपाली गीतहरु करोड क्लवामा प्रवेश गर्ने क्रम चलिरहेको छ । यसै क्रममा लोकदोहोरी गीत ‘सल्ला धुपैले’ पनि करोड क्लवामा प्रवेश गरेको छ । गायक तथा सर्जक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक गीतलाई केही समयअघि पुनः युट्यूबमा सार्वजनिक गरिएको थियो ।

उक्त गीतमा गायक गुरुङ र गायिका बिष्णुमाया गुरुङको आवाजमा रहेको छ । गीतमा शब्द गणेशकै शब्द शंकलन रचना र संगीत रहेको छ । गीतले छोटो समयमै दर्शक स्रोतहरुको माया पाएको हो ।

साथै, उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । त्यस्तै, भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ भने खेम गुरुङ र बिनिता गुरुङ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

उक्त भिडियो राजेश घिमिरेले छायांकन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ । गायिका बिष्णुमाया गुरुङको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । करिब डेढ वर्षमा करोड क्लवामा प्रवेश गरेको गमयक गणेशले जानकारी दिए ।

‘पवित्र मुहानको पवित्र पानी अनि पवित्र पोखरि आफ्नो गाउँ ठाँहरुमा आ–आफ्नै किसिमले गाइँने ‘सल्ला धुपैले’, यस गीत हामीले एक लाई रोज्यौँ र रेकर्ड गर्यौँ, जुन प्रयासलाई दर्शक स्रोताहरु यति धेरै रुचाईदिनुभयो’, उनले भने ।

प्रतिक्रिया