असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७ दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रहरीद्वारा बुधबार ३ घण्टा नियन्त्रणमा राखिएका उनले बिहीबार ट्वीट गर्दै यस्तो बताएका हुन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर मुक्त गरेको थियो।

उनले पुलिसको डण्डाबाट पेलिएका आफ्ना करङ साँझ दुखेको र बुधबारभन्दा आज बिहीबार दुखाइ बढी भएको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ।’

 

प्रतिक्रिया