कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, बेहुला–बेहुलीसहित १३ घाइते

धनगढी । कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् । चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बैतडीबाट जन्ती लिएर कञ्चनपुर जाँदै गरेको भीमदत्त राजमार्ग अन्तरगत सुपप्र ०१००१ नम्बरको विङ्गर बुधबार राति ११ बजेतिर कैलालीको गोदावरी नगरपालिका–४, गाइमारामा दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छन्।

उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया