गीतमा गाउँको सम्झना

काठमाडौं । गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा ‘सम्झना भो गाउँ घरको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफू जन्मिएको गाउँको वर्णन गरिएको गीतलाई गीतकार जानुका राईले लेखेकी हुन् । गीतमा गंगाराज राईको संगीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको छ ।

खोटाङको विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा ग्रामीण परिवेशलाई देखाइएको छ । प्रेमिल जोडीको भावनालाई प्रस्तुत गरिएको गीतलाई खोटाङको पर्यटन प्रर्वद्धनसँग जोडिएको छ । भिडियोमा मौलिक लोकसंस्कार र संस्कृतिलाई जर्गेना लक्ष्यका साथ खिचिएको गीतकार जानुकाले बताइन् ।

जसबहादुर याक्खाले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन तथा मानबहादुर थापाको सम्पादन रहेको छ । भिडियोमा निर्देशक जसबहादुर याक्खा जसु, समीक्षा याक्खा, कल्पना राई, सुरेन्द्रप्रकाश सुहाङ, पवित्रा राई लिम्बू, सञ्जिव राई, पवन राई, हरिचन्द्र राई, यलम्बर राई, निला राई, सम्पुर्ण राई, विपना परियार, कृतिका राई साथै रुपमिला राई एवं बालकलाकारको भूमिकामा एडरिना याक्खा, जस्टिन याक्खा तथा लुङमा लिम्बूको अभिनय छ ।

प्रतिक्रिया