लिभरपुल अन्तिम १६ मा प्रवेश

लण्डन । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा डच क्लब आयाक्स माथि १–० गोलको जित निकाल्दै लिभरपुलले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेमला लिभरपुललाई जित दिलाउन क्रुटिस जोनेसले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको लिभरपुलका लागि जोनेसले दोस्रो हाफमा टिमका लागि गोल गरेका हुन् ।  जोेनेसले खेलको ५८ औं मिनेटमा गरेको गोलले टिमलाई जित दिलाउन प्रायाप्त बन्यो । जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । लिगमा पाँच खेल खेलेको लिरपुललले १२ अंक जोडेको छ ।  पराजित आयाक्स भने पाँच खेलबाट ७ अंक जोेड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया