चिलिमे र सानिमा माई हाइड्रोको लाभांश घोषणा

काठमाडौं । चिलिमे जलविद्युत् र सानिमा माइ हाइड्रोले मंगलबार लाभांश घोषणा गरेका छन । चिलिमेले २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसमध्ये १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । चिलिमेको लाभांश अघिल्लो पटकको भन्दा घटेको हो । गत वर्ष २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

चिलिमेले पाँच वर्षपछि कम लाभांश घोषणा गरेको हो । चिलिमेले गत वर्ष ७५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु वर्षको पहिलो तीन महिनामा चिलिमेको नाफा २२ करोड १० लाख रुपैयाँ छ । चिलिमेको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ४ अर्ब २९ करोड रुपैयाँ छ । यसको दीर्घकालीन दायित्व २४ करोड रुपैयाँ हाराहारी छ ।

यता सानिमा माईले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघि कम्पनीले १० दशलमव ५३ र त्यसअघि १५ प्रतिशत लाभांश दिएको थियो । सानिमा माइ नयाँ कम्पनी भए पनि निरन्तर लाभांश वितरण गरिरहेको छ । सानिमा माइले गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २२ करोड ६३ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ६५ करोड ९७ लाख रुपैयाँ छ ।

प्रतिक्रिया