फुलहमसँग लेस्टर पराजित

लण्डन । प्रिमियर लिग फुटबलमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ । घरेलु टोली लेस्टर सिटी फुलहमसँग २–१ ले पराजित बनेको हो । सोमबार राति भएको खेलमा फुलहमलाई जित दिलाउन एडमोला लुकम्यान र इभान काभालेरोले एक–एक गोल गरे । लेस्टरका लागि हार्वे बान्र्सले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा एडमोला लुकम्यानको गोलबाट लेस्टरले खेलमा अग्रता लिएको थियो । ३८ औं इभान काभालेरोले पेनाल्टीमा गोल गर्दै फुलहमको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८६ औं मिनेटमा हार्वे बान्र्सले लेस्टरका लागि गोल गरेपनि क्लबको हार टार्न भने सकेनन् । पराजित भएसँगै लेस्टरले शीर्ष स्थानको टोटेनहमसँग अंक बराबरी गर्ने अवसरबाट बञ्चित भएको छ । फुलहम भने रेलिगेशनबाट जोगिएको छ । लेस्टर १८ अंकसहित चौथो स्थानमा छ । फुलहम ७ अंक सहित पुछारबाट चौथोमा छ ।

प्रतिक्रिया