नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।

ओली सरकार र पार्टी सञ्चचालनमा असफल भएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए।

त्यसपछि ओलीले पनि त्यसको जवाफ दिँदै मंसिर १३ गते ३८ पृष्ठको जवाफी प्रस्ताव ल्याएपछि त्यसलाई अध्ययन गरेर छलफल गर्नका लागि आजको बैठक राखिएको हो।

प्रतिक्रिया