प्रिमियर लिग फुटबलमा वेष्टह्याम र फुलह्याम विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति वेष्टह्याम युनाइटेड विजयी भएको छ।  वेष्ट ह्यामले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो। वेष्ट ह्यामका एङ्गेलो ओग्बोन्नाले खेलको दोस्रो मिनेटमै गोल गर्दै टिमलाईै अग्रता दिलाएका थिए। एस्टन भिल्लाका ज्याक ग्रिलिसले २५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो।

दोस्रो हाफ सुरु भएलगत्तै जार्रोड बोवेनले गोल गर्दै वेष्ट ह्यामका लागि २–१ को जित दिलाए। जितसँगै वेष्ट ह्याम १७ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। एस्टन भिल्ला भने १० औं स्थानमा झरेको छ। गएराति नै भएको खेलमा फुलहमले लेष्टर सिटीलाई २–१ ले पराजित गरेको छ।

प्रतिक्रिया