पाँचथर प्रशासनमा सेवाग्राहीको भिड

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । चाडपर्व सकिएपछि बिभिन्न सिफारिसका लागि सेवा लिन आउदा कार्यायमा भिड लाग्ने गरेको हो । गाउँगाउबाट आएका नागरिकले नागरिकता , राहादानी, दलित जनजातिको सिफारिस, इन्डियन आर्मीहरुको पेन्सन सिफारिस, राष्ट्रिय परिचय पत्र, लगायका कामको लागि फाटै पिछे भिड लाग्ने गरेको छ ।

सेवालिन आउनेमा प्राय युवा युवती, केहि बृद्ध–बृद्धा, आमा दिदि–बहिनिहरु देखिन्छन । सेवा ग्राहीको भिडको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अर्जुनकुमार ‘शर्मा’ गुरागााईले भने, ‘प्राय, जनपथ प्रहरी र ससश्त्र प्रहरीमा जागिरका लागि र नागरिकता लगायत सिफारिस लिन आएको भिड भएको बताए ।’

सिडिओ शर्माले साहायक सिडिओको रिक्त दरबन्दीमा सरुवाको पत्र आइसकेको तर कर्मचारी नआदिएका कारण सेवाप्रभाह प्रभावित भएको बताए । टाँढाबाट आउने नागरिकहरुलाई छिटोछरितो सेवा दिन पाएमा नागरिकहरु समयमै गन्तव्यमा पुग्ने उनले बताए ।

 

यता सरुवा तोकिएका कर्मचारीले समयमा सेवा प्रभाह नगर्दा सम्वन्धित निकायबाट हाजिर नहुने कर्मचारिलाई कारवाही हुने कि नहुने भन्ने नागरीकहरुले प्रश्न उठाउन थालेका छन । कार्यालय सञ्चालन सँगै जिल्लाका महत्वपूर्ण आयोजनाका कामहरु, बिकासे योजनाहरु, अनुगमनमा पनि कर्मचारी अभावले ओझेलमा पर्न सक्ने सिडिओ शर्माको भनाइ छ । कार्यालय सञ्चालनसँगै सिडिओ शर्मा, बिदा र शनिबार नभनि बजार, बिकासे योेजनाहरुको अनुगमनमा व्यस्त रहेको पाईन्छ ।

प्रतिक्रिया