भाइबर र मेसेन्जरबाट शिखर इन्स्योरेन्सको सेवा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले भाइबर र फेसबुक मेसेन्जरमा च्याटको प्रयोग मार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउने भएको छ । वर्तमान अवस्थामा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवा लिन सक्नेछन ।
यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नु पर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।

इन्टरनेटमा पहुँच रहेका ग्राहकका लागि च्याटबाट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यस च्याटबट मार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ इन्यारेन्सको सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् । यसले गर्दा ग्राहकको समय बचत हुनुका साथै इच्छा अनुसारका सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

ग्राहकले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन । साथै आफ्ना सुझाव समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने पनि इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया