मुक्तिनाथ विकास बैंकको भवन शिलन्यास

काठमाडौ । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले सोमबार भूमी पूजा तथा शिलन्यास गरेका हुन ।

विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउने बताएको छ । उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्य, सेयरधनी तथा ग्राहक र कर्मचारी उपस्थित रहेका थिए ।

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गर्दे आएको पनि विज्ञप्तिमा उल्लेख छ । हाल विकास बैंकको १३८ शाखा रहेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया