हिमालयन बैंकको २० प्रतिसत लाभांस घोषण

काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमध्ये १४ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी कुल ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने छ ।

बैंकले नेपाल राष्ट्र बैंकका मौदिक नीतिमा गरेको व्यवस्था अनुसार कुल वितरणयोग्य नाफाको ३० प्रतिशत अथवा असार मसान्तमा कायम निक्षेपको भारित औंसत ब्याजदर बराबर नगद लाभांश वितरण गर्ने पाउने व्यवस्था अनृुसार बैंकले लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया