सगरमाथाको उचाइ घट्ला कि बढ्ला ?

निनाम कुलुङ ‘मंगले’

यो लेखमा सगरमाथा आरोहणको इतिहासका कुरा थोरै, उचाइका कुरा पनि केही र ऊ बेला सगरमाथाको अनुमानित अनेक नामहरू राखिएकाबारे र सो बेलाको प्रविधिअनुसारका नाप्दा वा अनुमान गर्दा निक्लेका अनेक उचाइका बारेमा पनि केही लेख्दै छु ।

अब चाँडै नै सगरमाथाको नयाँ उचाइ घोषणा हँुदैछ । गत बुधबार (२०७७ मंसिर १०) मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृत दिएपछि अब चाँडै नै सगरमाथाको नयाँ उचाइ घोषणा हुने भएको छ । यस सम्बन्धमा चीन सरकारले पनि सहमति जनाइसकेको छ ।

हालसम्म नेपाल सरकारले ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको छ भने, चीन सरकारले ८ हजार ८ सय ४४ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ । त्यस्तै अमेरिका, युरोप लगायतका देशहरूले भने, सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर मान्दै आएका छन् ।

यो लेखमा सगरमाथा आरोहणको इतिहासका कुरा थोरै, उचाइका कुरा पनि केही र ऊ बेला सगरमाथाको अनुमानित अनेक नामहरू राखिएकाबारे र सो बेलाको प्रविधिअनुसारका नाप्दा वा अनमान गर्दा निक्लेका अनेक उचाइका बारेमा पनि केही लेख्दै छु । यसरी हेर्दा सर्वप्रथम सगरमाथाको आरोहण प्रयासको इतिहासका कुरो गर्दा सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास् सन् १९२१ मा भएको देखिन्छ । त्यो वेला नेपालतर्पm विदेशी (त्यो वेलाको भाषामा भन्नुपर्दा विदेशी अर्थात् फिरिंगी ! हरूलाई जथाभावी प्रवेश गर्न नदिने भएकोले बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा तिब्बततर्पmबाट सगरमाथा चढ्ने ठीकैको पर्वतारोही दलले पहिलोपटक प्रयास गरेको देखिन्छ । जुन वेला सो हिमालले ‘सगरमाथा’ वा ‘एभरेस्ट’ भन्ने नाम पाएकै थिएन । बरु ‘देवढुंगो’ ! हो कि ?, ‘भैरवनाथ’ हो कि?, गौरीशंकर हो कि ?, चरी लमेनी पो हो कि ?, … अनेक नामहरूबारे अनुमान गरिन्थ्यो ।

खासगरी सन् १८५२ मा भारतमा खटिएर आएका सर्भेयर जनरल सर इन्ड्रयु वाग/वाफ ! ले ‘एक्स भी’ अर्थात् १५औँ चुली (चोमोलुङमा) नै विश्वको अन्य हिमालहरूभन्दा अग्लो हिमाल हो भनी घोषणा गरेपछि यसको महत्व ह्वात्तै बढेर गयो । साथै यो हिमालको उचाइ त्यो बेला ८ हजार ४० मिटर हो भनी घोषणा पनि भयो । त्यसरी भएपछि यो हिमाल आरोहण गर्नका लागि बेलायत, जर्मनी, फ्रान्स, इटली, स्विटजरल्यान्डलगायत अन्य युरोपेली देशका पर्वतारोहीहरूले यो हिमालमाथि विजय पाउनका लागि आरोहण गर्न होडबाजी नै गरे । त्यसका लागि सम्बन्धित देशको सरकार नै लागेर अभियान चलाउन थालेका थिए । बेलायत, जर्मनी, फ्रान्स, इटली, स्विटजरल्यान्डलगायत अन्य युरोपेली देशहरू यस्तो कार्य (सगरमाथा चढ्ने) मा लाग्नुको केही उद्देश्यहरू रहेका थिए । जस्तै विश्वकै अग्लो हिमशिखर चढ्ने पहिलो देश बनेर मानव इतिहास रच्ने, आप्mना देशका पर्वतारोहीहरूले अन्य देशमा गएर त्यहाँका पर्वतारोही तथा पर्वतारोहणबारे, त्यसमा पनि विश्वकै अग्लो हिमालबारे आरोहणको अनुभव प्रत्यक्ष रूपमा सुन्न चाहने विश्वका (खासगरी युरोप महादेशका) जिज्ञासु सर्वसाधारण मानिसहरूलाई भाषण दिने, लेक्चर दिने, तालिम दिने, कस्तो मान्छेले धेरै उचाइको हिमाल चढ्न सक्छ , कस्तो मान्छेले सक्दैन ? भन्नेबारे सिकाउने, हाई अल्टिच्युड सिकनेस, फ्रस्ट बाईट, मुटुको धड्कन र शरीरको तापक्रमबारे अनुभवहरू आदानप्रदान गर्ने, नाम, दाम र प्रसिद्घि कमाउने आदि उद्देश्यहरू रहेका थिए ।

जसले जे भनेता पनि वास्तवमा सगरमाथाको सुरुदेखिको असली र खास नाम ‘चोमोलुङ्मा’ थियो/हो । तापनि मान्छेहरूले परापूर्व कालदेखि रही आएको नामबारे वास्ता नगरेर वा स्थानीय वासिन्दाहरूलाई सोधखोज नगरेर ती पर्वतारोही तथा खोजकर्ताहरू घोर अन्याय नै गरेका थिए भन्न सकिन्छ । बरु उनीहरूले ‘चोमोलुङमा’को अनेक नामहरू जस्तै देवढुंगा, भैरवनाथ, चरी लमेनी, मितीगुती, गौरीशंकर (तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि यो समस्या हल भयो ।) चापोलुङमा, थर्ड–पोल, द गडेस मदर अफ द अर्थ, मदर गडेस अफ द स्काई, चोमो काङकार, चोमो लुुङमो, पिक एक्सभी, १५औँ चुलीलगायत डेढ दर्जनभन्दा बढी नामहरू पो कि ? भनी भौतारिए । नभन्दै पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखकहरूले) ले माथि उल्लिखित नामहरूमध्ये धेरैजसो नामहरू उच्चारण गर्ने, लेख्ने वा सम्झने गर्छन् । तर, ‘चोमोलुङमा’को अनेक नामहरू अनुमान गरिएता पनि सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्ट सम्मानमा नयाँ नाम –‘माउन्ट एभरेस्ट’ राखियो । स्मरणीय छ, सो बेला सर जर्ज एभरेस्ट सेवा अवधि सकिएर बेलायतको इङ्ग्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए ।

त्यस्तै ‘चोमोलुङमा’को उचाइका सम्बन्धमा पनि सुरुसुरुमा एकरूपता थिएन । (अहिले पनि छैन ) कहिले ८ हजार ८ सय ८८ मिटर, कहिले ८ हजार ८ सय ४० मिटर, कहिले ८ हजार ८ सय ५० मिटर, कहिले ८ हजार ८ सय ७२ मिटर, कहिले ८ हजार ८ सय ४४ मिटर, कहिले ८ हजार ८ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइएको थियो भने सन् १९६० को दशकदेखि मात्रै ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक र स्थिर उचाइ मानिँदै आएको छ । तर, अमेरिकीहरूले भने सगरमाथा÷एभरेस्ट अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटर नभएर ८ हजार ८ सय ५० मिटर हो भनी रहेका छन् भने चीनले पनि, सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर र ८ हजार ८ सय ५० मिटर दुवैलाई नमानेर ८ हजार ८ सय ४४ मिटर हो भनिरहेको छ । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने जो कोही पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा ८ हजार ८ सय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको छ । अमेरिकीहरूले सगरमाथाको उचाई ८ हजार ८ सय ५० मिटर हो भन्ने प्रमाणका लागि दुई÷दुईपटक सगरमाथाको नापजाँच पनि गरिसकेका छन् ।

नेपाल सरकारले यो विवादबारे वास्तविकता पत्ता लगाउन गएको लगभग दुई वर्षदेखि नै सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापी विभागलाई कार्यादेश दिएको हुनाले नापी विभागमार्पmत काम भइरहेको छ । उता चीनले पनि गत मार्च–अप्रिल महिनामा चीनतर्पmबाट सगरमाथाको उचाइ लिइरहेको समाचार आएको थियो । यसरी हेर्दा अब छिट्टै नै सगरमाथा÷एभरेस्ट अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ५० मिटर हो कि, ८ हजार ८ सय ४८ मिटर हो कि, ८ हजार ८ सय ४४ मिटर हो ? छिट्टै घोषणा हुने आशा गर्न सकिन्छ ।

सुरुमा चोमोलुङमाका चढ्न जाने बाटो नेपाल तर्पmबाट बन्द भएकोले गर्दा अंग्रेज टोलीले तिब्बतको १३औँ दलाई लामाबाट सन् १९२० मा अनुमति लियो । यसरी १३औँ दलाई लामाबाट अनुमति पाएपछि सन् १९२१ मा पहिलोपटक अंग्रेज टोली भारतको सिक्किम, दार्जिलिङ, तिब्बतको बाटो हुँदै सगरमाथातर्पm लाग्यो । यसरी हेर्दा सन् १९२१/२२/३३/३४/३५/३६/३६ को बीचमा कैयौँपटक तिब्बततर्पmबाट सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम भएको थियो । तर त्यो वेला कनै पनि टोली शिखरमा पुुग्न भने सकेनन । बरु सन् १९२१ को आरोहण टोलीमा रहेका एक सदस्यका रूपमा रहेका डा. एएम कल्लसको बाटोमै मृत्यु भयो । भनिन्छ, उनी आपँैm बिरामी जाँज्ने डाक्टर भए तापनि ‘हर्ट फेल्यर÷फेल्योर’ भएर मरेका थिए । यसरी उनी सगरमाथाको रेखी गर्ने र आरोहण गर्ने क्रममा सहिद हुने ‘पहिलो युरोपियन पर्वतारोही सहिद !’ को रूपमा स्थापित हुन÷दरिन पुगे !

सन् १९३८–३९/१९४४–४५ को दोस्रो विश्वयुद्ध सकियो, त्यसपछि नेपालले पनि सगरमाथालगायत आप्mनो देशमा रहेको विभिन्न हिमालहरू आरोहण गर्न दिनका लागि आप्mनो भू–क्षेत्रबाट बाटो खुल्ला ग¥यो । त्यसैको फलस्वरूप सन् १९४९ मा स्विट्जरल्यान्डका एक पर्वतारोहण टोली पहिलोपटक भारतको जोगबनीसम्म रेलमा र त्यहाँबाट धरानसम्म लरीमा र धरानदेखि तमोर, धनकुटा, अरुण–भ्याली, साल्पा पास, महाकुलुङ, दूधकोशी, नाम्चेबजार हुँदै गए । धेरै नै सहयोगी भएको र ‘मिलिटरी एस्कोर्टिङ’ समेत गरिएको भनी लेखिएको छ । तर, सो टोली सगरमाथा चढ्न सफल भएन । तापनि नुप्चे, आमाडाब्लाम, पुमोरी, ल्होत्चे, ल्हो–ला लगायत हिमाल र पासहरूको नापजाँच नजिकबाट गरियो, फोटोहरू नजिकबाट प्रशस्तै लिइयो ।

सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गए । तर, उनीहरूले पनि सफलता पाउन सकेनन् । त्यस्तै सन् १९५२ मा पनि स्वीस टोलीले नेपालतर्पmबाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, उनीहरूले पनि सगरमाथा आरोहण गर्नमा पूर्णरूपमा सफलता पाउन सकेनन् । तर, उनीहरू वर्षात् अघिको प्रयासमा ८ हजार ५ सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भए । संभवतः त्यो वेलासम्म त्यो उचाइ नै सगरमाथाको सबैभन्दा माथिल्लो उचाइमा पुगेको नयाँ कीर्तिमान रहेको थियो । यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३२/३३ वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा बल्ल मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी (त्यो बेला न्युजिल्यान्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरू बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए ।

प्रतिक्रिया