बागलुङबाट काठमाडौंको लागि उडेको हेलिकप्टर चरासँग ठोक्कियो

काठमडौं । बागलुङबाट काठमाडौंको लागि उडेको हेलिकप्टर आज चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण भएको छ । कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको हो ।

बागलुङबाट काठमाडौंको लागि उडेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले बताए ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको बताइएको छ । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर गएको छ ।

प्रतिक्रिया