तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न

काठमाडौं । नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको ग्रेडिङमा डोजाङका प्रशिक्षक बशन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ जना, र ब्ल्याक बेल्ट तेश्रो डानमा ३ जना सहभागी भएको कुरा डोजाङ प्रमुख एवं राखेप प्रशिक्षक चुलाइ मुखियाले बताए ।

२०६० सालदेखि प्रशिक्षण शुरु गरेको यस डोजाङले हालसम्म ३०० जना भन्दा बढी ब्ल्याक बेल्टका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । हाल यस डोजाङमा १५० भन्दा बढी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया