कश्मीरमा आतंककारी हमलामा परि नेपाली युवा प्रेम केसीको मृत्यु

काठमाडौं । आतंकारी हमलामा परी भारतीय सेनामा कार्यरत दाङ घर भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा का ३० वर्षीय प्रेम केसी रहेका छन् । । भारतको जम्मु कस्मीरमा कार्यरत उनको गोली लागेर शुक्रबार मृत्यु भएको हो ।

शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको दाजु तुलसी केसीले बताए । दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरि प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो । प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको बताइएको छ । । सोही घटनामा अर्का भारतीय सैनिकको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया