खोजखबर

प्रदेशसभा सदस्यहरु द्धारा दशैँ भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

सौर्य अनलाइन २०७७ मंसिर १२ गते ९:२४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन । कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेकी रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन। उनीहरुले दशैं भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४०० हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ । यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छन ।– रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय