अनलाइनबाट सनराइज स्मार्ट वचत खाता

काठमाडौ । सनराइज बैकले अनलाइनबाट ‘सनराइज स्मार्ट बचत खाता ’ सेवा सुरु गरेको छ । यस सुविधा अन्तर्गत ग्राहकले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहके रकम जम्मा गर्न सक्नुका साथै डिजिटल कारोबार समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकले मोबाइल बैंकिग प्रयोग गरी आफैले मुद्धती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारीक वेभसाइट मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका ‘सन्राइज स्मार्ट बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न ग्राहकाई बैंक आउन नपर्ने व्यवस्थाको लागि नया योजना ल्याएको बेलके जनाएको छ ।

तर ग्राहकले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । कोभिडको कारण ग्राहक बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया