खोजखबर

राष्ट्रिय जनमोर्चाद्वारा गुलाबकी हत्यारालाई कारवाहीको माग

सौर्य अनलाइन २०७७ मंसिर ११ गते १३:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा
कारवाही गर्न माग गरेको छ ।

पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै बालिकाको हत्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पीडितलाई न्याय दिन माग गरेका छन् ।

पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय