शिक्षा, स्वास्थ्य र सुरक्षा सरकारको प्राथमिकतामा : मन्त्री नेम्वाङ

पाँचथर । जिल्लाको उत्तरीक्षेत्र याङवरक गाउपालिका ५ मा स्वास्थ्य कार्यालयको भवन उद्घाटन गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात संघिय मन्त्री बसन्त कुमार नेम्वाङले उक्त भवन उद्घाटन गरेका हन । स्वास्थ्य कार्यालयका लागि स्थानिय डाकबहादु काम्वाङले ५ रोपनी जग्गा निशुल्क दिएपछि संघीय सरकारको ३१ लाख र पालिकाको ५९ लाख गरी ९० लाख बराबर रकमबाट उक्त भवन निमार्ण गरीएको गाउपालिका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।


बुधबार मन्त्री नेम्वाङले ४ स्थानमा शिलान्यास र भवन उद्घाटन गरे । पाँचथरको फालेलुङ गाउपालिका ४ मेमेङ फालोटमा सशस्त्र प्रहरी बलको बिओपी पोष्ट उद्घाटन गरे । त्यस्तै मन्त्री नेम्वाङ फिदिम नगरपालका १४ फुल्पामा खेल मैदान र सोहि ठाउमा विद्युत पनि उद्घाटन गरे ।

उद्घाटन गरिएको विद्युत योजना समुदायको १० प्रतिशत र संघीय सरकारको ९० प्रतिशत रकमबाट निमार्ण गरी उद्घाटन गरिएको नेकपा युवा नेता तथा प्रदेश कमीटि सदस्य हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जनाए । उद्घाटन समारोहमा नेकपाका नेता तथा पूर्व मन्त्री, प्रदेश साँसद, प्रदेश कमिटी सदस्य, नेकपा केन्दीय सदस्य, जिल्ला अध्यक्ष, स्थानिय कर्याकर्ता, प्रतिपक्ष दलका नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी ससमेतको उपस्थिति रहेको थियो ।

पाँचथरबाट निर्वाचित संघीय सांसद तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश सरकाका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङवो (मौसा) ले समग्र पाँचथरको बिकासे योजनाहरुमा प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया