एनएमबी लघुवित्तको २० प्रतिसत लाभांस प्रस्ताव

काठमाडौं । एनएमबी लघुवित्तले २० प्रतिसत लाभांश घोषणा गरेको छ । कम्पनीको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

२० प्रतिसत लाभांस मध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया