मिलनको नयाँ गीत ‘जानी नजानी’

काठमाडौं । गायिका मिलन नेवारको स्वर रहेको ‘जानी नजानी’ गीत सार्वजनिक भएको छ । लुनिभा श्रेष्ठको शब्द रहेको गीतमा सुनिल मास्केले संगीत भरेका छन् । गीतको संगीत व्यवस्थापन सञ्जिव बराइलीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेकोले छ । गीतको भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको अभिनय छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् ।

प्रतिक्रिया