‘बारीको कर्कलो’ सार्वजनिक

काठमाडौं । गीतकार विजय दर्पण र संगीतकार योगेशकाजीको नयाँ गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । गीतमा गायिका विष्णु माझी र गायक बाबुकृष्ण परियारको स्वर रहेको छ । गीतमा विजय दर्पणको शब्द, योगेशकाजीको संगीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबिएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । त्यस्तै, गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादनमा बनेको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ । भिडियोमा अजय रेग्मीको छायांकन तथा राजिव समरको कोरियोग्राफी रहेको छ । गीतकार विजय दर्पण अमेरिका बसेर गीत लेखनमा सक्रिय छन् । संगीतकार योगश काजीसँग उनको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले ‘नक्कली साली’ ल्याएका थिए ।

प्रतिक्रिया