रश्मिकालाई गुगलको सम्मान

मुम्बई । दक्षिण भारतीय चलचित्र अभिनेत्री रश्मिका मन्दानालाई गुगलले ‘नेसनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको छ । कन्नड चलचित्रकी २४ वर्षीय चर्चित अभिनेत्री रश्मिकाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगगले उनलाई सो उपाधिबाट सम्मान ग¥यो । त्यसपश्चात् उनी ट्वीटरमा नेसनल क्रस ह्यासट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट आफ्नो ट्वीटर अकाउन्टबाट सेयर गर्दै उनले लेखेकी छन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्… होइन र ? मेरो मुटु उनीहरु सबैको साथमा छ ।’

दक्षिणबाहेक उनी उत्तर भारतमा पनि निकै लोकप्रिय छन् । उनले तमिल, कन्नड, तेलुगु लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । सन् २०१६ मा अभिनेत्री रश्मिकाले कन्नड चलचित्र ‘क्रिक पार्टी’ बाट डेब्यु गरेकी थिइन् । सो चलचित्रमा उनको कामको निकै प्रशंसा भएको थियो । साथै सो वर्ष सबैभन्दा धेरै कमाई गर्ने चलचित्रमा समेत पर्न सफल भएको थियो ।

प्रतिक्रिया