उपचारै नपाएर ज्यान जान थाल्यो

अस्पतालहरूले प्रवेश नदिएकै कारण पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्ने स्याङ्जाकी धनमाया गुरुङले गत बिहीबार प्राण त्यागिन् । दमको रोगी ६२ वर्षीया धनमायालाई सा“झ ७ बजे एक्कासि सास फेर्न गाह्रो महसुस भयो । आफन्तहरूले ट्याक्सीमा राखेर बेलाबेला उपचार गराउन जाने सिर्जनाचोकको मेट्रोसिटी अस्पताल पु¥याए । अस्पताल प्रशासनले गेटबाटै ‘बेड छैन’ भनेर फर्काइदियो । नयाँबजारस्थित गण्डकी मेडिकल कलेज पु¥याइयो । गण्डकीले पनि बेड नभएकाले भर्ना गर्न नसकिने बतायो । त्यहाँबाट बिरामी लिएर चरक मेमोरियल पुगे । चरकले पनि बिरामी भर्ना गर्न बेड नभएको भन्दै फर्कायो । फेवासेटीमा फोन गर्दा बेड खाली नभएको र कोरोनाका शंकास्पद बिरामी नलिने जवाफ दियो । अनि बिरामीलाई आफन्तले फिस्टेल पु¥याए । फिस्टेलले पनि बिरामीको अवस्थाबारे जानकारी लिएर भर्ना लिन मानेन । त्यहाँबाट बिरामीलाई मणिपाल शिक्षण अस्पताल पु¥याइयो । मणिपालले बिरामीको अवस्था हे¥यो । १ लाख २५ हजार रुपैयाँ धरौटी जम्मा गरेपछि मात्र बिरामी भर्ना गर्न सकिने बतायो । तर, राति १० बजे तत्काल यति ठूलो रकम जम्मा गर्न सक्ने अवस्था भएन । यो चक्करमा तीन घण्टा बितिसकेको थियो । धनमायाले ट्याक्सीमै प्राण त्यागिन् ।

यो त मिडियामा समाचारका रूपमा आएको एउटा उदाहरण मात्रै हो । कोरोना महामारी बढेसँगै यस्ता घटना मुलुकभरी कति छन् कति ? दूरदराजका गाउँको त कुरै छाडौँ, काठमाडौं पोखरा लगायतका सहरी क्षेत्रका बिरामीको समेत अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ । कतिपय बिरामी अस्पतालसम्म त पुगेका छन् तर उपचारको अभावमा मृत्यु वरण गर्न वाध्य छन् । सिकिस्त बिरामी नभई अस्पतालमा नजान सरकारले उर्दी नै जारी गरेको छ । सिकिस्त बिरामीलाई ट्याक्सीले बोक्न मान्दैनन्, मानिहाले भने पनि असाध्यै चर्को शुल्क लिन्छन् । अस्पताल पुगे पनि कि त बेड छैन भन्दै फर्काइन्छ, कि त महँगो शुल्क लिएर भर्ना गरिन्छ र कोरोनाको रिपोर्ट नआएसम्मका लागि भन्दै अब्जरभेसनमा राखिन्छ, त्यतिन्जेल अधिकांश बिरामीको ज्यान गइसकेको हुन्छ । यतिबेला पशुपति आर्यघाटमा पुग्ने हो भने प्रायःजसो मृतकका आफन्तको यही गुनासो हुने गर्दछ । उनीहरू भन्छन्, ‘अस्पतालको लापरवाहीकै कारण ज्यान गयो ।’

केही निजी अस्पतालहरूले नक्कली कोरानाका बिरामी खडा गरेर बद्मासी गरेकै आधारमा सरकारले कोरोनाका बिरामीको उपचार रकम भुक्तानी नगर्ने निर्णय ग¥यो । यो निर्णयपछि कतिपय निजी अस्पतालहरूले कोरोनाका आशंकित बिरामीलाई भर्ना लिन छाडेका छन् । निजी अस्पतालका बेड खाली छन्, सरकारी अस्पतालका बेडले धान्न सकिरहेको छैनन् । सरकारको अनुगमन प्रणाली अत्यन्त फितलो हुनुको परिणाम हो यो । कुन अस्पतालमा कति बेड छन् ? कति खाली छन् ? भन्ने विवरण लिनु ठूलो कुरा होइन । यसका लागि त स्वयंसेवक तैनाथ गर्न पनि सकिन्छ । मुलुकमा यतिधेरै अस्पताल हुँदाहुँदै उपचार नै नपाएर धमाधम नागरिकको ज्यान जानु भनेको सामान्य कुरा होइन । नागरिकको ज्यानको मूल्यलाई सरकारले तृण बराबर नठानेको हो कि ? सरकार आपैmँ असक्षम हो ? जनता सडकमा उत्रने बेला भइसकेको छ । यस्तो भयावह अवस्ता हु“दासमेत प्रतिपक्षीदलहरू चुप लाग्ने, सत्तारूढ दलका नेताहरूले कुरा उठाउँदा ‘अरिङ्गाल’ लगाएर लखट्ने प्रवृत्ति हावी हुनु भनेको मुलुकका लागि ठूलो दुर्भाग्य हो ।

प्रतिक्रिया