फरवार्ड कम्युनिटीको चार शाखा विस्तार

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले कन्चनपुरमा चार शाखा विस्तार गरेको छ । ति शाखाको सोही माइक्रोफाइनान्सको अध्यक्ष अध्यक्ष भगवती चौधरी र संसदको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पालले उदघाटन गरेकी हुन । फरवार्ड माइक्रोफाइनान्स स्थापनाको उद्देश्य, संस्थाका आर्थिक सामाजिक  तिविधीहरूको समेत चर्चा गर्दै नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै काम गरेको बताएकी छिन । उनले माइक्रोफाइनान्सको स्थापना महिलालाई आत्मनिर्भर बनाउने तथा समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउँदै सुदुरपश्चिम क्षेत्रमा पनि संस्थाले राम्रो काम गरेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी संघिय संसद्को महिला, बालबालिका समितिकी सभापति पालले आर्थिक विकास विना समुन्नत नेपालको निर्माण हुन नसक्ने बताउँदै फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याएको बताइन ।  शाखाहरू उद्घाटन गर्दै सभापति पालले महिलालाई आर्थिक रुपमा बलियो बनाउन समेत फरवार्डले सहयोग पुर्याएको बताउँदै आर्थिक क्रान्तिपछि समाजमा व्याप्त विभिन्न विकृति विसंगति अन्त्य गर्न सहयोग पुग्ने पनि बताइन् ।

अनौपचारिक रूपमा केही वर्षदेखि नै सञ्चालित ती शाखाहरू संस्थाकी अध्यक्ष चौधरी तथा संसदको महिला तथा बालबालिका समितिकी सभापति पालले उद्घाटन गरेकी हुन् । फरवार्डको कञ्चनपुर दैजी शाखा २०७१ सालमा, झलारी ०७४ सालमा, कलकत्ता २०७५ सालमा तथा चाँदनी दोधारा २०७५ सालदेखि नै सञ्चालनमा रहेका छन् । ती क्षेत्रमा रहेका आर्थिक रुपले कमजोर महिलालाई अगाडी बढाउने सवालमा फरवार्डले उदाहरणीय कार्य गर्दै आइरहेको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स २०६९ सालमा सुनसरीको दुहवीमा स्थापना भएको संस्था हो । हाल संस्थाले देशका विभिन्न जिल्लामा ४० भन्दा बढी शाखा सञ्चालनमा ल्याएको छ । ती शाखाहरूमा करिब तीन लाख महिलाहरू आबद्ध रहेका छन् ।

प्रतिक्रिया