एनआइसी एसिया बैंकको ‘इन्स्टा वाई योजना’

काठमाडौ । एनआइसी एसिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पिओएस मर्चेन्टमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने ‘इन्स्टा वाई योजना’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई एकैपटकमा खरिद सामग्री तथा सेवाको सबै खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत ग्राहकले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाको खरिद रकम न्यूनतम तीन देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टले बिक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया