नोकिया ३.४ मोवाइल सार्वजनिक

काठमाडौं । नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले आइतबार नोकिया ३.४ घोषणा गरेको छ । यसमा प्रिमियम डिजाइन र एन्ड्रोइडको संयोजन रहेको उल्लेख छ । यसमा तीन बर्षको मासिक सेक्यूरिटी अपडेट र दुई बर्षको ओएस अपग्रेड रहेको छ । यो फोनलाई प्रीमियम, टाइमलेस डिजाइनको साथ स्टनिंग नोर्डिक प्रेरित इरिडसेन्ट रंगले समेटेको छ ।

यस्को ३.४ को ट्रिपल क्यामेरा एआई इमेजिंगको साथ उत्तम शट दिने कम्पनीले जनाएको छ । नाइट मोडको शक्तिशाली छवि फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्ने क्षमता यसमा रहेको छ । नोकिया ३.४ मोवाइल आजदेखी देशभर उपलब्ध रहेको छ । यो ग्रे रंगमा रहेको छ भने ३जीबी+६४जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको साथ बजार मुल्य १८ हजार ६ सय ९९ रुपैया रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया