अर्थबजार

सबैभन्दा बढि कर तिर्नेमा संस्था तर्फ सूर्य नेपाल र ब्यक्तिमा शाह

बढी आयकर तिर्ने १५ करदाता घोषणा

सौर्य अनलाइन २०७७ मंसिर ७ गते २०:३७ मा प्रकाशित

काठमाडौ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजकि गरेको छ । सो सूचिमा संस्थागत रुपमा सबैभन्दा बढि कर तिर्नेमा सधैजस्तो बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल रहेको छ भने व्यक्तिगत रूपमा विजयबहादुर शाहको नाम रहेको छ । गत आर्थिक वर्ष उनले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेका थिए । नेपालको लिकर किङको रूपमा चिनिएका शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी र विजय डिष्टिलरी लगायतका कम्पनी छन । ती कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर लगायतका लिकर्स उत्पादन गर्दछ ।

राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार आन्तरिक राजस्व विभागमा भएको नवौं कर दिवस समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम सार्वजनिक गरिएको थियो । १ मंसिरमा कर दिवस मनाउने गरिएको छ । तर यो पटक तिहार र कोभिडका कारण औपचारिक कार्यक्रम भने हुन सकेन । विभागका अनुसार कोभिड संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर धेरै कर तिर्नेलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सूर्य नेपालले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो। यस्तै भ्याटतर्फ ३ अर्ब ८७ करोड कर तिरेको थियो। विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने आइएई रेमिटेन्स कम्पनी रहेको छ । विदेशबाट रकम ल्याउने अग्रणी कम्पनीको रूपमा आइएमई धेरै आयकर तिर्नेमा सम्मानित हुँदै आएको छ । व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्नेमा अग्नि इन्कर्पोरेटेड रहेको छ । यो महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल रहेको छ । त्यसैगरी सबैभन्दा धेरै आयकर तिर्ने हिमाल पावर कम्पनी रहेको छ । कृषि तथा पशुपक्षी उद्योगमा सबैभन्दा धेरै आयकर तिर्ने अन्नपूर्ण एग्रोभेट प्राइभेटको नाम सार्वजनिक गरिएको छ । सहकारीतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा छिमेकी लघुवित्त छ । बैंकतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक परेको छ। यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै आयकर तिरेको छ । शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकल रहेको छ । पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सीले धेरै आयकर तिरेको छ ।

मध्यमस्तरीय करदातामध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा कामना सेवा बैंक लिमिटेड रहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ सबैभन्दा धेरै कर तिर्ने घोराही सिमेन्टको नाम समावेश भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय