नियमित उडानसँगै बझाङवासी हर्षित

बझाङ । लामो सयमपछि कालोपत्रे गरिएको बझाङको देवल विमानस्थलमा आजकाल नियमित जहाजले नियमित उडान भर्न थालेपछि यतिखेर बझाङबासी निकै हर्षित भएका छन् । नेपाल वायु सेवा निगमद्वारा समिट इयरको जहाजले आजकाल बझाङ बिमानस्थलमा नियमित उडान भर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बझाङ विमानस्थलमा जहाज उडानको उद्दघाटन गरेका थिए ।

अमर कन्ट्रक्सनले करिब ६ करोड लगानीमा कालोपत्रे सम्पन्न गरेको बझाङ विमानस्थलमा आजकाल साप्ताहिक दुई वटा प्mलाइट उडान भर्ने गरेको छ । मन्त्रालयद्वारा लामो समयपछि देवल विमानस्थलमा जहाजको परीक्षण उडान गरिँदा बझाङवासी निकै हर्षित भएका छन् ।

देवल विमानस्थलमा नियमित जहाज सञ्चालन हुन थालेपछि अन्यन्त्र रिफर गरिएका गर्भवती र गम्भीर प्रकृतिका विरामी अन्यत्र लैजान निकै सहज भएको छ । जहाज सञ्चालनमा आउँदा आजकाल बझाङवासी धनगढी नेपालगञ्ज लगायतका तराईका जिल्लासम्म एक घण्टामै पुग्ने गरेका छन् । दुई हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको आठ सय मिटर लामो बझाङ विमानस्थल सुदूरपश्चिमका पहाडी जिल्ला मध्येकै ठूलो र सुन्दर विमानस्थल मानिन्छ ।

बझाङ विमानस्थल करिव ६४ वर्षपछि कालोपत्रे भएको छ । करिव १२ घण्टाको कष्टकर यात्रा गर्दैै तराईका जिल्लासम्म पुग्दै आएका जिल्लावासी आजकाल जहाज नियमित उडान हुन थालेपछि एक घण्टामै पुग्ने गरेका छन् । जयपृथ्वी नगरपालिका–९ रिठापाटा देवल नजिकै ०१३ सालमा निर्माण गरिएको उक्त बझाङ विमानस्थल करिव ६४ वर्षपछि कालोपत्रे भएको छ ।

प्रतिक्रिया