खोजखबर

कोरोनाबाट सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु

सौर्य अनलाइन २०७७ मंसिर ७ गते १७:३७ मा प्रकाशित

लहान । कोरोना भाइरस संक्रमणबाट आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय