स्वास्थ्य सेवा लिन चार घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य

 

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता शनिबारदेखि हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो ।

लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ स्वास्थ्यचौकीको शनिबार वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे ।

अब काङ्लाङवासीले घाउ जाँच, गर्भवती जाँच, ओपिडी, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा सोही स्वास्थ्यचौकीबाट पाउने भएका छन् । सो एकाइ स्वास्थ्यचौकी संघीय सरकारको विशेष अनुदानबाट निर्माण भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया