चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश सचिव नेपाल आउने तयारी भईरहेका बेला रक्षामन्त्री फेङ्हे पनि एक दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।  एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने पक्का जस्तै भएको सरकारी अधिकारीहरुले बताएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ ।

रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन । दक्षिणी छिमेकी मुलुक भारतसँगको सीमा समस्या, नेपालको आन्तरिक राजनीतिमा सरगर्मी भईरहेका बेला चिनबाट हुन लागेको उच्चस्तरको भ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन । नेपालपछि उनि बंगलादेश र पाकिस्तान जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया