दुरदर्शी भामवाडा गाउँ, जस्ले वर्षेनी स्थायी कर्मचारी उत्पादन गर्छ

मुगु । हिमाली जिल्ला मुगुको सबैभन्दा ठूलो गाउँको रुपमा परिचित भामवाडा गाउँ एक दुरदर्शी गाउँ हो । झट्ट हेर्दा शहर जस्तो देखिने भामवाडा गाउँ एक नमुना गाउँ पनि हो ।यस गाउँमा ४ सय २२ घरधुरी छ भने २६ सय जनसंख्या छ ।

मुगु जिल्ल्लाको एकमात्र विमानस्थल ताल्च विमानस्थल यसै वडामा पर्छ । ढुंगा माटो र काठले खाँदिएर बनेका घर टाढाबाट हेर्दा अथवा हवाईजहाजको यात्रासँगै आकाशबाट हेर्दा पक्की घर जस्ता देखिन्छन् ।

तर, यी सबै घर कच्ची हुन् । भामवाडा गाउँमा जति भिरालो जमिन छ उति नै मिलेका घर छन् । गाउँ हेर्दा जति राम्रो देखिन्छ त्यती दुरदर्शी पनि छ । मुगु जिल्लाको परिवेशलाई नियाल्ने हो भने भामवाडा गाउँले हरेक वर्ष स्थायी कर्मचारी उत्पादन गर्र्छ ।

लोकतान्त्रीक गणतन्त्र पछि मुगु जिल्लाको सेरोफरोमा भामवाडा गाउँ स्थायी कर्मचारी धेरै भएको गाउँमा पर्छ । २०६७ साल यता लोकसेवा आयोगबाट सफल हुने स्थायी कर्मचारी भामवाडा गाउँमा अहिले ४१ जना छन् ।

उनिहरु एकै सेवा समूहका नभई विभिन्न सेवा समूहका रहेका छन् । लोकसेवा आयोगले लिने परिक्षामा भामवाडा गाउँका वर्षेनी एक–दुइर्, पाँच–सात विभिन्न सेवामा सफल भएरै छोड्छन् । पछिल्लो समय जिल्लाका सबै भामवाडा गाउँको प्रसंसा गर्ने गरेका छन् ।

भामवाडा गाउँ दुरदर्शी छ, हरेक वर्ष लोकसेवा आयोगमा भामवाडाका उम्मेदवार सफल हुने गरेको पनि जानकारहरु बताउँछन् । क्षेत्री समुदायको बाहुल्यता रहेको भामवाडामा साविकको कार्कीवाडा गाबिस वडा नं. १, २, ३ र ४ हो । तर, अहिले संघीय संरचना पछि एक वडा मात्र भएको छ ।

स्थायी कर्मचारी लाई सम्मान

छाँयानाथ रारा नगरपालिका—४ ले आफ्ना वडाका स्थानिय बासिन्दाले ०६७ सालबाट लोकसेवा आयोगबाट सिफारीस भई विभिन्न सरकारी निकायमा काम गर्ने सरकारी कर्मचारीलाई सम्मान गरेको छ ।

जिल्लाका चार स्थानिय तह मध्ये संख्याको हिसावले छाँयानाथ रारा नगरपालिका—४ का युवाहरुले ०६७ सालबाट लोकसेवा आयोगबाट हालसम्म सरकारी कार्यालयका विभिन्न पदमा सिफारीस भएपछि जिल्लाका अन्य स्थानियत हका वडाभन्दा छाँयानाथ रारा नगरपालिका—४ भामवाडाका युवाहरु सिफारीस भई वडाकै ईज्जत राखेको भन्दै वडा कार्यालयले सिफारीस हुने ४१ भन्दा बढी कर्मचारीलाई सम्मान गरेको हो ।

यो वडाबाट नेपाल सरकार स्वास्थ्य सेवा आयोगको आठौँदेखि जङ्गीतर्फ उपसेनानी शिक्षा सेवा आयोग सातौँ सामान्य प्रशासन पाचौँ, चौथो अन्य प्राविधिकतर्फ तृतिय र द्वतिय पद र शिक्षा सेवा आयोगकै प्रथामिकदेखि निम्न माध्यमिक तर्फमा युवाहरु सिफारीस भएका छन् ।

यो सबै मेहेनतको फल हो । गरे सबै सम्भव छ वडा कार्यालयले आफूहरुलाई सम्मान गर्दा थप उर्जा थपिएको छ । जस्ले गर्दा अझ माथिल्लो तह सम्म्मका सरकारी जागरिका लागि मेहनत गर्ने हौसला थपिएकाले मुगुम कार्मारोङ गाँउपालिकाको शिक्षा शाखा प्रमुख सुवास रावलले बताए ।

लोकसेवा आयोगबाट सिफारीस भई सरकारी जागीर खाने यो वडामा ०६७ सालभन्दा अगाडि औँलामा गनिने संख्या थियो । ०६७ साल यता हरेक वर्ष यो वडाका तीन गाँउबाट लोक सेवा आयोगबाट सिफारीस भई सरकारी जागिर खानेहरुको संख्या ४१ जनाभन्दा बढी छ ।

यो संख्या जिल्लाका अन्य वडा मध्ये धेरै हो । नेपाल सरकारको आठौँ तहदेखि द्वतिय श्रेणी सम्मको पदमा युवाहरुले लोक सेवाबाट नाम निकाल्न सफल भएकाले थप हौसलाका लागि र अन्य युवाहरुका लागि समेत प्रेरणा उर्जा मिलोस् भन्ने उद्देश्यले ०६७ सालबाट लोकसेवा आयोगबाट सिफारीस हुने सबैलाई सम्मान गरिएको छाँयानाथा रारा नगरपालिका—४ का वडाध्यक्ष बिष्णु कुमार भामले बताए ।

प्रतिक्रिया