रेडक्रसद्वारा एम्बुलेन्स खरिदको लागि रकम संकलन

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास नगरपालिका–१० ले सुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनको लागि सहयोग आउने क्रम जारी छ ।

‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि हालसम्म रु सात लाख ४० हजार सहयोग रकम जुटिसकेको उपशाखा सभापति रामदत्त पौडेल बताए ।

सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनको लागि हालसम्म अधिकतम सहयोग गर्ने व्यास–१० दुम्सीकोट निवासी अन्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेका छन् ।

सोसाइटी थालेको सो अभियानमा व्यक्तिदेखि संघसंस्थाहरु खुलेर सहयोगमा जुटेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पछिल्लो समय विदेशमा रहेका नेपालीले समेत यस पुण्य कार्यमा सहयोग गर्दै आएको छ । गत भदौ १९ गतेदेखि रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिदको लागि अभियान थालेको हो ।

प्रतिक्रिया